Logo

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता, अब जुनसुकै मुलुकबाट नेपालमा सहजै पैसा पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता, अब जुनसुकै मुलुकबाट नेपालमा सहजै पैसा पठाउन सकिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ । अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् । यस्तै ईसेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मीलगायतको उपस्थिति रहेको थियो । बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ५६ वटा शाखा कार्यालय, २ सय ४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL