Logo

कुमारी बैंकले ल्यायो फोनलोन ईएमआई सुविधा, ग्राहकले चाहेको समयमा भुक्तानी गर्न सक्ने

कुमारी बैंकले ल्यायो फोनलोन ईएमआई सुविधा, ग्राहकले चाहेको समयमा भुक्तानी गर्न सक्ने



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै फोनलोन सुविधा ल्याएको छ । यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको हो ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा संचालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार देखि अधिकतम २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेट मा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यू आर स्क्यान गरी सो को बाई नाउ पे लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL