Logo

नबिल बैंकद्धारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्धारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकोछ । नबिल बैंकले पलाँता गाउँपालिकासंग दिगोे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीमार्फत गाँउपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगोे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे । कार्यक्रममा नबिल बैंककोदिगो बैंकिङ तथा वित्तीय साक्षरताा सम्बन्धमा नबिल दिगोे बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले प्रकाश पारेका हुन् । अन्तर्कि्रयाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुकोसमेत सम्बोधन गरिएको थियो । कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुकोउल्लेख्य उपस्थिती रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगोे बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगोे विकासकोलक्ष्यलाई सघाउन नबिल बैंकले दिगोे बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासकोलागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL