Logo

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश पारित



काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको ३५औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको हो ।

laxmi

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL