Logo

मौद्रिक नीतिको समीक्षामा समेटिएन लगानीकर्ता र व्यवसायीका माग, सीडी अनुपात र सेयर कर्जाको सीमा यथावत

मौद्रिक नीतिको समीक्षामा समेटिएन लगानीकर्ता र व्यवसायीका माग, सीडी अनुपात र सेयर कर्जाको सीमा यथावत



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको समयमा आएको समीक्षामा लगानीकर्ताको मागबमोजिम सेयर धितोकर्जाको १२ कारोड रूपैयाको सिमा परिवर्तन भने भएको छैन ।

लगानीकर्ताले सेयर धितो कर्जाको विद्यमान व्यवस्था खारेज गर्न माग गरेपनि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यथावत राखेको हो । पछिल्लो समय केही स्वार्थ समुहले उक्त व्यवस्था खारेज गराउनका लागि पहल गरेपनि त्यस्ता समहुको स्वार्थमा राष्ट्र बैंक नचल्ने गभर्नर महाप्रसाद अघिकारीले बताएका थिए ।

केही लगानीकर्ताले उक्त व्यवस्थाले पुँजीबजार धराषयी भएको बताएपनि अहिलेको अवस्थामा सो व्यवस्था ठिक भएको राष्ट्र बैंकले बताएको छ । यसैगरी राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातलाई पनि यथावत राखेको छ । बजारमा तरलता प्रवाह गर्न उद्योगी व्यवसायीले उक्त व्यवस्था खारेजगरी पुरानै व्यवस्था सीसीडी लागू गर्न माग गरेपनि राष्ट्र बैकले ९० प्रतिशतको सीडी अनुपातलाई यथावत राखेको छ ।

साथै मौद्रिक नीतिको समिक्षाले ९० प्रतिशतको सीमालाई २०७९ असार मसान्त भित्र कायम राख्न कार्ययोजना बनाई संचालन समितिबाट स्वीकृत गराएर राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL