Logo

मौद्रिक नीतिको समिक्षा : नेपाली बैंकको बैंक ग्यारेन्टीमा विदेशबाट ऋण लिन सकिने, एनआरएनबाट डलरमा निक्षेप संकलन गरिने (पूर्णपाठसहित)

मौद्रिक नीतिको समिक्षा : नेपाली बैंकको बैंक ग्यारेन्टीमा विदेशबाट ऋण लिन सकिने, एनआरएनबाट डलरमा निक्षेप संकलन गरिने (पूर्णपाठसहित)



काठमाडौं । अब नेपाली बैंकको बैंक ग्यारेन्टीमा पनि विदेशबाट ऋण लिन सकिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले नेपालमा विदेशी मुद्रा संचिति घटाउनका लागि वाणिज्य बैंकहरुको बैंक ग्यारेन्टीका आधारमा नेपाली व्यवसायीले विदेशबाट ऋण लिन पाईने व्यवस्था गरेको हो ।

laxmi

‘व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।’ समिक्षामा भनिएको छ ।

यस्तै केन्द्रिय बैंकले गैरआवासीय नेपाली (एनआरएन)संलग्न संस्थाहरुले नेपालमा विदेशी मुद्रामै निक्षेप संकलन गर्न सकिने व्यवस्था मिलाईने व्यवस्थासमेत गरेको छ । नेपालमा विदेशी मुद्रा संचिति घटिरहेका बेला यस्ता हतियारले यसको सिमा बढाउने बताईएको छ ।

[googleapps domain=”drive” dir=”file/d/15Zg7UTrpAyIWRGZ4h_-LaWNHrWdEYhtQ/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL