Logo

माछापुच्छ्रे बैंकको सहयोग, नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकको सहयोग, नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोवाइल लकरको संयुक्त रुपमा रविन काटी उद्घाटन गरेका हुन् ।

आगुन्तकहरूले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी भ्रमण गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले १६२ वटा शाखा र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३२२ स्थानबाट १० लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL