Logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आगामी हप्ता : सेयर बजारसम्बन्धी मौजुदा व्यवस्थामा परिमार्जन नगर्ने राष्ट्र बैंकको संकेत, आयातमा कडाई

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आगामी हप्ता : सेयर बजारसम्बन्धी मौजुदा व्यवस्थामा परिमार्जन नगर्ने राष्ट्र बैंकको संकेत, आयातमा कडाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७८।७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी हप्ता गर्ने भएको छ । हाल मौद्रिक नीतिको पलिहो त्रैमासिक समीक्षाको लागि अन्तिम तयारी भैरहेको र आगामी हप्ताको सोमबारसम्ममा सार्वजनिक गरिने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

laxmi

हाल सेयर बजारका लगानीकर्ताले मौजुदा मौद्रिक नीतिमा भएका व्यवस्थाहरु परिमार्जन वा हटाउनुपर्ने माग राख्दै आएका छन् । विशेषगरी राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको एक बैंकबाट ४ करोड र अधिकतम १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने माग राखेको छन् । तर, राष्ट्र बैंकले उच्च स्रोतले भने उक्त व्यवस्था परिमार्जन नहुने बताएको छ ।

‘हामीले लामो अध्ययन र अत्यन्त सुझवुझका साथ मौद्रिन नीतिमार्फत उक्त व्यवस्था लागू गरेका छौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘उक्त व्यवस्था लागू गर्दा त बजारमा तरलता अभाव भएर बैंकहरुले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रबाह गर्न सकिरहेका छैनन्, तत्कालिक अवस्थामा सेयर धितो कर्जाको अधिकतम सीमा नतोकिएको भए अहिले अवस्था झन खराव हुने थियो ।’

यसैगरी उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकले चालू आबबाट कार्यान्वयनमा ल्याएको सीडी रेसियो समेत हटाउन माग गर्दै आएका छन् । यस अघि सीडीडी रेसियो लागू गर्दै आएको राष्ट्र बैंकले ९० प्रतिशतको सीडी अनुपात तोकिदिएको थियो । जसका कारण बजारमा तरलता अभाव भएको भन्दै उक्त व्यवस्थानै खारेज गर्न बैंकर तथा उद्योगी व्यवसायीले माग राख्दै आएका छन् । तर, राष्ट्र बैंकले स्रोतले भने तत्काल उक्त व्यवस्था परिमार्जन भन्दा पनि अन्य व्यवस्थाबाट बजारमा तरलता अभाव संकट टार्नेतर्फ केन्द्रित भएको जानकारी दिएको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले पनि बजारमा लगानीयोग्य रकम ल्याउनका लागि नयाँ कदम चाल्न विभिन्न कार्यक्रममार्फत राष्ट्र बैंकलाई निर्देशन दिँदै आएका छन् । सोही अनुरुप सो विषयमा भने केही नयाँ व्यवस्था आउन सक्ने सम्बद्ध स्रोतको दावी रहेको छ । यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत आयातमा पनि कडाई गर्ने भएको छ ।

पछिल्लो समय आयात उच्च हुँदा भुक्तानी सन्तुलन घाटा उच्च हुनुका साथै विदेशी मुद्रा संचितीमा समेत गिरावट आएको छ । व्यापारघाटा न्यूनीकरण तथा भुक्तानी सन्तुलनका लागि कतिपय बस्तुको आयातमा समेत कडाई गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ । हाल सरकारले पनि विदेशी मुद्रा संचितीमा गिरावट आउनुका साथै व्यापारघाटा उच्च हुँदै गएको भन्दै कतिपय सुपारी, छोकडा, केराउलगातका बस्तुको कोटा निर्धारण गर्दै आयातमा रोक लगाएको छ । केही समयअघि अर्थमन्त्री जनार्दन शर्माले पनि राष्ट्र बैंकका गभर्नर अधिकारी र २७ ओटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा तिनका पदाधिकारी सम्मिलित बैठकमा सरकारले आयातमा कडाई गरेको भन्दै बैंकहरुले पनि विलासिताका बस्तु आयातमा कर्जा दिन रोक लगाउन आग्रह गरेका थिए । सोही अनुरुप मौद्रिक नीतिको समिक्षाले त्यसलाई सम्बोधन गर्ने उक्त स्रोतको भनाई छ ।

साथै पछिल्लो समय व्यवसायीहरुले सामान आयात गर्दा न्यूनविजकिकरण गर्ने र सोबापत हुण्डीबाट पैसा पठाउने गरेको खुल्न आएको अर्थमन्त्रालयले स्रोतले जानकारी दिएको छ । केही समय अघि कर दिवशको अवसरमा अर्थ मन्त्री शर्मा स्वयमले नै नेपालबाट नदेखिनेगरी हुण्डीबाट पैसा जाने र त्यसरी गएको पैसा मालसामान आयात गर्दा भन्सार चेकजाँच गरिने विलविजकमा भेटिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । यस विषयमा समेत कडाई गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ । सोहीअनुरुप मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सम्बोधन गर्न सक्ने उक्त स्रोतको दाब थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL