Logo

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल



काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।

नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त र गृहिणीलगायत लगानीकर्तालाई मध्यनजर गर्दै योजना सञ्चालनमा ल्याएको क्यापिटलले जानकारी दिएको छ ।

यस योजनाअन्तर्गत लगानीकर्ताहरूले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्ने एनआईसी एशिया क्यापिटलको दाबी छ ।

क्यापिटलले धितोपत्र तथा मुद्रा बजारको समग्र अवस्था राम्ररी अध्ययन/अनुसन्धान गरेरमात्र योजनाहरू संचालन गर्ने गरेको पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL