Logo

विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक

विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक



काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडलेदशैं क्यासब्याक योजना ल्याएको छ । नेपालीहरुको महान चाड विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन तथा सुखद अवसरमा सुख, शान्ती र सम्बृद्धिको कामना सहित सम्पूर्ण ग्राहक महानुभावहरुका निमित्त क्यासब्याक योजना ल्याएको जनाएको छ ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन् असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनेछन ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL