Logo

सांग्रिला बैंकको मुद्धती निक्षेपमा ९.५ प्रतिशत ब्याज पाइने, अन्य खातामा पनि ५ प्रतिशत ब्याज पाइने

सांग्रिला बैंकको मुद्धती निक्षेपमा ९.५ प्रतिशत ब्याज पाइने, अन्य खातामा पनि ५ प्रतिशत ब्याज पाइने



काठमाडौँ । सांग्रिला विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.५ प्रतिशतको उच्च ब्याज दिने दिने घोषणा गरेको छ । बैंकले न्यूनतम ३ महिना वा सोभन्दा बढी अवधिका लागि राखिने निक्षेपमा उक्त ब्याज दिने जनाएको छ । नेपाली नागरिकले न्यूनतम ५० हजार रुपैयाँ वा सोभन्दा माथिको रकम मुद्दती निक्षेपमा जम्मा गर्दा उक्त ब्याजदर प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

बैंकले मुद्दती निक्षेपबाहेकका बचत खाताहरुमा समेत ५ प्रतिशतको उच्च ब्याजसहित विभिन्न सुविधा दिने घोषणा गरेको छ ।

न्यूनतम १०० रुपैयाँमै बैंकले नारी बचत खाता खोल्न सकिने जनाएको छ । १८ वर्ष उमेर पुगेका नारीहरुका लागि ल्याइएको यो खाता खोल्दा एटीएम कार्ड, चेक बुक, एक वर्षका लागि मोबाइल बैंकिङ जस्ता सेवा निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो खातामा ५ प्रतिशत ब्याज प्राप्त गर्न सकिने र वार्षिक लकर सुविधामा ५० प्रतिशत शुल्क छुट प्राप्त गर्न सकिने जनाएको छ ।

बैंकका अनुसार न्यूनतम ५ सय रुपैयाँमा जेष्ठ नागरिक बचत खाता खोल्न सकिन्छ । जेष्ठ नागरिकहरुका लागि ल्याइएको यो खातामा चेक बुक निःशुल्क प्राप्त गर्न सकिने, लकर सेवामा २५ प्रतिशत शुल्क छुट दिइने र वार्षिक ५ प्रतिशत ब्याज पाइने छ ।

बैंकले विभिन्न छुट र सुविधासहित सुपर सेभिङ, बाल भविष्य बचत, गोर्खा सेभिङ, स्यालरी एकाउन्ट, प्रिमियम बचत एकाउन्ट, जीवन सुरक्षा बचत, नर्मल सेभिङ जस्ता बचत योजनाहरुसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL