Logo

आरम्भ चौतारी लघुवित्तको सिईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा १७ बर्षको अनुभव

आरम्भ चौतारी लघुवित्तको सिईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा १७ बर्षको अनुभव



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले सोही मितिदेखि लागु हुने गरी उनलाई सीइओमा नियुक्ति गरेको हो ।

संस्थाको केन्द्रिय कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंक लि बाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एन आई सि एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एन.आई.सि एसिया बैंकको सहायक कम्पनी एन आई एशिया लघुवित्तमा स्थापनाकाल देखी प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य गरि छोटो समयमा संस्थालाई उचाईमा पुर्याएको अनुभव छ ।

शर्माको आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल रहेको छ । पदभार ग्रहण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयां उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्तै निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने कुरा व्यक्त गरेका छन् ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८००० क्रृणी मार्फत ४ अर्व ७८ करोड कर्जा लगानि र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL