Logo

नबिल बैंकलाई एशियाली विकास बैंकको “नेपाल लिडिङ पार्टनर बैंक २०२१” अवार्ड

नबिल बैंकलाई एशियाली विकास बैंकको “नेपाल लिडिङ पार्टनर बैंक २०२१” अवार्ड



काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।

laxmi

सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL