Logo

सांग्रिला विकास बैंकको नयाँ शाखा बीरगंजमा, शाखा संख्या ९७ पुग्यो

सांग्रिला विकास बैंकको नयाँ शाखा बीरगंजमा, शाखा संख्या ९७ पुग्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा कार्यालय बीरगंजको लिंकरोडमा संचालनमा आएको छ । बैंकल ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको बताएको हो । बैंकले सोबार नै उक्त शाखा संचालनमा ल्याएको हो ।

laxmi

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL