Logo

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि, एटीएम सेवा १३७ स्थानमा विस्तार

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि, एटीएम सेवा १३७ स्थानमा विस्तार



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो ।

योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL