Logo

एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्रबीच समझदारी, ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्ने

एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्रबीच समझदारी, ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्ने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग सम्झौता गरेको छ । बैंकले दोस्रो कार्यकालको लागी ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्नको लागि ऊर्जा कोषसँग समझदारी गरेको हो । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ ।

laxmi

केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिङ बैंक चयन गरेको हो । केन्द्रले ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।

एनएमबिले दीगो बैंकिङ्ग अन्तर्गत रहि देशमा वास्तविक अर्थतन्त्रको प्रवर्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गर्ने र भारतबाट बिजुली, जीवशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको जनाएको छ ।

बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तहरुको आधारमा आफ्नो हरित कर्जा कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर बनाएको जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जा लगायत भायाविलिटि ग्याप फन्डिङमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र अन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्यान्डलिङ बैंक सेवाहरु प्रदान गर्ने बताए । यस सम्झौताले समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरूमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्धनको लागि मद्दत गर्ने विश्वास राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL