Logo

नबिल बैंकले गर्यो पनौती नगरपालिकासँग साझेदारी, उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तारमा सहकार्य हुने

नबिल बैंकले गर्यो पनौती नगरपालिकासँग साझेदारी, उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तारमा सहकार्य हुने



काठमाडौं । उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले पनौती नगरपालिकासँग साझेदारी गरेको छ । उक्त साझेदारी मार्फत नगरपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने भएको छ ।

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे ।

पाँचखालमा आयोजित कार्यक्रममा उपमेयर लक्ष्मी दनुवारले नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन् ।

नबिल बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको शुरुवात गरेको थियो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिलता कर्जा शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL