Logo

मेगा बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

मेगा बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । मेगा बैंक र काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई अस्पतालको सेवामा बिषेश छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL