Logo

नबिल बैंकको खातामा रकम जम्मा गर्न सकिने ‘नबिल क्याश मेशीन’ शुरु, क्रेडिट कार्ड भुक्तानी पनि गर्न सकिने

नबिल बैंकको खातामा रकम जम्मा गर्न सकिने ‘नबिल क्याश मेशीन’ शुरु, क्रेडिट कार्ड भुक्तानी पनि गर्न सकिने



काठमाडौँ । आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेशिन’ जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्याश मेशीनले ग्राहकहरुलाई एटीएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैया जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।
साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यसमार्फत  ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL