Logo

सानिमा बैंकको दीर्घायु बचत योजनाअन्तर्गत १० लाख दुर्घटना बीमा भुक्तानी

सानिमा बैंकको दीर्घायु बचत योजनाअन्तर्गत १० लाख दुर्घटना बीमा भुक्तानी



काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला उनकी श्रीमती तनमाया घर्तीपुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बीमाको रकम घर्तीपुनलाई सानिमा बैंक अमरसिंह शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे ।

मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको स्वास्थ बीमा र ५ हजारसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL