Logo

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने



काठमाडौं । साझा सेवा सहकारी संस्थाले संचालन गरेका पेट्रोलपम्महरुमा एभरेष्ट बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ ।

सोमबारदेखि एभरेष्ट बैंकको क्यूआर भुक्तानी सेवा साझाका सबै पेट्रोल पम्पबाट गर्न सकिने गरी शुरुवात गरिएको हो ।

यस सेवाको एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

सो कार्यक्रममा साझा सेवा सहकारी संस्थाका प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइकेललगायतको उपस्थिति रहेको थियो ।

साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा सहकारी संस्थाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय , १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।    

प्रतिक्रिया दिनुहोस्
MBL