Logo

यस वर्षको बैंक अफ दी इयर अवार्ड ग्लोबल आईएमईलाई

यस वर्षको बैंक अफ दी इयर अवार्ड ग्लोबल आईएमईलाई


रामराजा श्रेष्ठ
27
Shares

 

बिजखबर संवाददाता

१२ मंसिर, काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता छनौट गरेको हो । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङकरले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषण गर्छ ।

बेलायतमा विहीबार एक कार्यक्रमबीच यो अवार्ड घोषणा गरिएको हो । लन्डनको पार्क लेन स्थित होटल ईन्टरकन्टिनेन्टलमा गत विहीबार द बैंकरद्धारा आयोजित कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरिएको थियो । बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा उच्च रुपमा हेरिन्छ ।

globalime

कार्यक्रममा ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्मान लिएका थिए ।

यस अघि नेपालबाट स्ट्यान्र्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।

बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको विश्वमै प्रतिष्ठित उपाधि हो । बैंक अफ दी इयर छनौंट गर्दा बैंकको व्यवस्थापन, व्यावसायिक संरचना, जोखिम व्यवस्थापनजस्ता विषयलाई हेरिन्छ ।

global bank

बैंक अफ दी ईयर अवार्डले आफुमा थप उत्साह र चुनौती थपेको ग्लोबल आइएई बैंकमा अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘अवार्डले बैकले लिँदै आएको ‘बैंक फर अल’ भन्ने नारालाई अघि बढाउन थप सहयोग मिलेको छ,’ बैंकद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘आगामी दिनमा ग्राहकलाई प्रतिस्पर्धी र गुणस्तरिय सेवा दिन तयार छौं ।’
आफुहरुले अवार्ड पाएको खवर पाउँदा भन्दा बेलायमै गएर अवार्ड ग्रहणगर्दा एकदमै खुशी लागेको उनको भनाइ थियो । ‘द बैंकरबाट आफुले अवार्ड पाएको खवर पाउँदा सामान्य नै लागेको थियो,’ उनले भने, ‘विश्वभरीका उत्कृट बैंकहरु एकै ठाउँमा भेला भएर अवार्ड ग्रहणगर्दा एकदमै ठूलो उपलब्धि हासिल गरेको अनुभव भयो ।’ अवार्डका साथै, आफ्नो बैंक चुक्ता पूँजी, शाखा संजाल तथा कार्यशैलीका कारण अन्य बैंकभन्दा अगाडी नै रहेको उनको दावी थियो ।

द बैंकर पत्रिकाले ग्लोबल आईएमईका साथै विश्वमा १ सय ४९ वटा बैंकलाई बैकर अफ दी ईयरको अवार्ड दिएको थियो । उक्त पत्रिकाले ग्लोबल आईएईलाई उत्कृष्ट वासलात, छोटो समयमै विभिन्न वित्तिय संस्थासँग मर्जर गरी सफलता हात पारेको, देशमा संक्रमणकाल रहेको अवस्थामा पनि मुलुकको वित्तिय अवस्थामा योगदान पु¥याएको भन्दै ग्लोवलाई उक्त अवार्ड दिइएको हो ।

गत वर्ष ग्लोबल आईएमईमा कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । हालसम्म लोबलमा ५ वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्त पुँजीमा पनि यो बैंक निजी क्षेत्रको पहिलो स्थानमा रहेको छ । यस्तै, शाखा संजालमा दोस्रो स्थामा रहेको छ भने गत आवमा यसले १ अर्व रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL