Logo

महालक्ष्मी विकास बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, बैंकले इसेवामार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउने

महालक्ष्मी विकास बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, बैंकले इसेवामार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउने



काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउने भएको हो ।

बैंकले उक्त सेवाका लागि इसेवा मनि ट्रान्सफरसँंग सम्झौता गरेको छ । सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इसेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL