Logo

कुमारी बैंकको सहयोग, नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान

कुमारी बैंकको सहयोग, नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान



काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।

बैंकले उक्त ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको जनाएको छ ।

उक्त ट्राफिक संकेत बत्तीको बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।

कार्यक्रममा खनालले आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए साथै, ट्राफिक प्रहरीसँग सम्बन्धित शुल्कहरू संकलन गर्न डिजिटल प्रविधिबाट गर्न पनि जोड दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बैंकले ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL