Logo

एनआईसीको मोबाइल बैंकिङमा थप सुविधा, एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसीको मोबाइल बैंकिङमा थप सुविधा, एपमार्फत आईपीओ आवेदन दिन सकिने



काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

laxmi

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोभिड– १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL