Logo

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता, कृषकलाई कर्जा र तालिम उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता, कृषकलाई कर्जा र तालिम उपलब्ध गराउने



काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका सेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।

बैंकले हाल ७ वटै प्रदेश तथा ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटीएम, २ सय ५७ शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL