Logo

महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, व्याज आम्दानी बढ्दा यस्तो छ प्रतिसेयर आम्दानी

महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, व्याज आम्दानी बढ्दा यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म समग्रसूचमा प्रगति हासिल गरेको छ । बैंकले चौथो त्रैमाससम्म आइपुग्दा ३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त विवरण अनुसार बैंकको खुद नाफा, खुद व्याज आम्दानी र प्रतिसेयर आम्दानीहरू बढेको छ । नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७१.०२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५६ करोड ७३ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १.५० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म बैंकको सञ्चालन नाफा ६७.७९ प्रतिशतले बढेर एक अर्ब २ करोड ३४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ६० करोड ९९ लाख ४६ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी ८.८० प्रतिशतले बढेर ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष पनि २६.१३ प्रतिशतले बढेर २ अर्ब १६ करोड ४१ लाख ४० हजार रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ पनि १५६ रूपैयाँ ७८ पैसाबाट बढेर १६४ रूपैयाँ ७५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९८ पैसाले बढेर २१ रूपैयाँ ९३ पैसा रहेको छ । बैंकको पीई रेशियो २०.२९ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL