Logo

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ मालपोत कार्यालयमा, मंगलबारबाट सञ्चालनमा आयो

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ मालपोत कार्यालयमा, मंगलबारबाट सञ्चालनमा आयो



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

laxmi

मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । मंगलबारबाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर्मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL