Logo

सानिमा बैंकको बैंकिङ सेवा अब ललितपुरको भैंसेपाटीमा पनि, मह जोडीले गरे उद्घाटन

सानिमा बैंकको बैंकिङ सेवा अब ललितपुरको भैंसेपाटीमा पनि, मह जोडीले गरे उद्घाटन



काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप बैंकिङ्ग सेवा ललितपुरको भैंसेपाटीमा पनि विस्तार गरेको छ । बैंकले मंगलबार देखि उक्त स्थानमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको हो ।

उक्त कार्यालयको उद्घााटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धन वरिष्ठ हास्कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।

बैंक उदघाटन गर्दै मह जोडी श्रेष्ठ र आचार्यले भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै बैंलाई धन्यवादसहित सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । हाल सानिमा बैंकको देशभर साथै प्रदेशमा गरी ८६ वटा शाखा कार्यालय, १८ विस्तारित काउन्टर र ९५ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL