Logo

सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त



काठमाडौं ।  सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको एक सय अंकित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ ।

laxmi

बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार डिभेन्चर निष्काशन तथा व्यवस्थापनका लागि प्रत्याभूतिकर्ताहरुमा नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच डिभेन्चर निष्काशन संस्था सिभिल बैंक र प्रत्याभूती साझेदार संस्थाहरु बीच प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार बैंकको डिभेन्चरमा प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटल लिमिटेडले ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ३५ करोड बरावरको डिवेन्चर पत्याभुति गर्ने सम्झौत भएको छ ।

निकट समयमै सर्वसाधारणका लागि खुल्ला हुने बैंकको डिभेन्चर निष्काशन अवधिमा माग भएबमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL