Logo

ग्लोबल आइएमई बैंकको ‘विशेष आवास कर्जा योजना’, ७.९९ प्रतिशत ब्याजमा साढे १ करोड कर्जा पाईने

ग्लोबल आइएमई बैंकको ‘विशेष आवास कर्जा योजना’, ७.९९ प्रतिशत ब्याजमा साढे १ करोड कर्जा पाईने



काठमाडौं । ग्लोबल आइएमई बैंकले विशेष आवास कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा उपलब्ध हुनेगरी उक्त योजना ल्याएको हो । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको जानकारी दिएको छ ।

laxmi

उक्त विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL