Logo

नेपाल राष्ट्र बैंकको मोबाईल एप लन्च, विनिमय दरदेखि अध्ययन प्रतिवेदनसम्म उपलब्ध हुने

नेपाल राष्ट्र बैंकको मोबाईल एप लन्च, विनिमय दरदेखि अध्ययन प्रतिवेदनसम्म उपलब्ध हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मोबाईल एप सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले भर्चुअल कार्यक्रममा उक्त मोबाईल एप सार्वजनिक गरेकी हुन् । तथ्यांक, विभिन्न सूचना, जानकारीलगायत सबैसामु उपलब्ध गराउने उद्देष्यले उक्त एपको बेटा भर्सन संचालनमा ल्याएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार हाल बेटा भर्सनमा मात्रै सार्वजनिक गरिएको उक्त एप प्रयोगकर्ताको सुझावको आधारमा परिस्कृत गरिने छ । एन्ड्रोईड अपरेटिङ सिस्टममा उपलब्ध उक्त एप चाँडै आईओएसमा पनि सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ । उक्त एपमार्फत राष्ट्र बैंकले गरेका अध्ययनहरुको प्रतिवेदन, तथ्यांक, विदेशी विनिमयदरलगायतका सामग्रीहरु उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL