Logo

सिटिजन्स बैंकमा गाभियो सिर्जना फाइनान्स : चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्यो, एकीकृत कारोबार शुरू

सिटिजन्स बैंकमा गाभियो सिर्जना फाइनान्स : चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्यो, एकीकृत कारोबार शुरू



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी असार २६ गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको उक्त फाइनान्सलाई मर्ज गरी एकीकृत कारोबार शुरू गरेको हो । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।

२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । 

प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेकोछ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् । 

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तीपछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।  

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । 

मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे । 

प्राप्तीबाट सिर्जना फाइनान्स  लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ती पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९ वटा शाखाहरूबाट प्राप्त गर्ने बताए । 

त्यसै री साबिकको सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ती पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे । 

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू संचालन गर्ने बताए । 

बैंकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको व्यहोरा जाहेर गरे । 

मिति २०६४ बैशाख ७ गते देखि २० औँ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरू गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगिकार गर्दै यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड, प्रिमियर फाइनान्स लिमिटेड र नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL