Logo

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि शुरु हुँदैं

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि शुरु हुँदैं



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रकृया पुरा गरी आज (आइतवार) देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुबै कम्पनीले असार ५ गते विशेष साधारण सभा सम्पन्न गरी प्राप्तिसम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते प्राप्तीका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै नबिल र युनाईटड फाइनान्स एक भएर नबिल बैकको ामबाट काराबोर सुरु गर्न लागेका हुन ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । नबिलले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ । रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख ३० हजार रहेको छ ।

यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिलले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ । त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ ।

उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ । युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL