Logo

कृषि विकास बैंकले निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर राख्ने, दश बर्षका लागि सम्झौता

कृषि विकास बैंकले निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर राख्ने, दश बर्षका लागि सम्झौता



काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पतालबीच अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर बैंकबाट संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

बुधबार एक समारोहका बिच अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा।डा। विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

आगामी दश बर्षका लागी भएको उक्त सम्झौता अनुसार अब अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन् ।

देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत गरी २८० वटा शाखा संजाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्यसहित आगामी श्रावण महिनादेखि उल्लेखित सेवा संचालन गर्ने भएको छ, अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिएको छ ।

उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्धय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठा्घरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीहरुको समेत उपस्थीति थियो ।

त्यस्तै अस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख, चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधी सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
MBL