Logo

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा पुडासैनी, गभर्नर अधिकारीबाट लिए सपथ

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा पुडासैनी, गभर्नर अधिकारीबाट लिए सपथ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका रामशरण पुडासैनी चयन भएका छन् । बैंक संचालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे ।

laxmi

नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम  पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलगयात अन्य उच्च पदाधिकारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL