Logo

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव



काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

laxmi

बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव संगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । श्रेष्ठले तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव बटुलेकी छन् ।

उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताका रुपमा पनि काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
MBL