Logo

कामना सेवा विकास बैंकद्धारा एकैदिन २ नयाँ शाखाको उद्घाटन, शाखा संख्या १२७ पुग्यो

कामना सेवा विकास बैंकद्धारा एकैदिन २ नयाँ शाखाको उद्घाटन, शाखा संख्या १२७ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकैदिन दुई वटा नयाँ शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL