Logo

नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’घोषणा, दुर्गममा उद्यमशीलता प्रवर्धन गरिने

नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’घोषणा, दुर्गममा उद्यमशीलता प्रवर्धन गरिने



काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैकिङ्गको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्य अनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघु उद्यम सिर्जना गर्नको निमित्त सुविधाहरु प्रदान गर्ने सोच नबिलले लिएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले समग्र बैकिङ्ग क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको बताए । उनले वर्षौंको दौडान, साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको बताए ।

उनले अगाडि भने, ‘हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरुको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैकिङ्ग विभाग स्थापना गरेको छ । हामी नाफा अधिकतम मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दैछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं ।’

नबिल दिगो बैकिङ्ग, बैकिङ्ग क्षेत्रमा एउटा नयाँ अनुशासन भएको कम्पनीको दावी छ । यसले बोट–बिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहुँ बढ्दैछ । ग्रामीण नेपाल र वित्तीय पहँुच न्यून भएका वर्गहरूका लागि उद्यमशिलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी)का साथ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस सम्झौता मार्फत देश भरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघुवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नु पर्नेछ ।​ सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्य सचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL