Logo

लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही कामीरिता शेर्पा सम्मानित

लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही कामीरिता शेर्पा सम्मानित



काठमाडौं । लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन् ।

laxmi

किर्तीमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आवद्ध छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि भएको बताएका छन् ।

बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL