Logo

अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने, आयोजनाबाट ९.७ मेगावाट विद्युत उत्पादन हुने

अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने, आयोजनाबाट ९.७ मेगावाट विद्युत उत्पादन हुने



काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो ।

९.७ मेगावाट उत्पादन क्षमता रहेको अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युतले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने छ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, बैंक नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रढी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL