Logo

कोराना पीडित ग्राहकलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत, ब्याज रकममा १० प्रतिशत छुट

कोराना पीडित ग्राहकलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत, ब्याज रकममा १० प्रतिशत छुट



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिडबाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको राष्ट्रि बाणिज्य बैंकले आफ्ना ग्राहकलाई उक्त छुट दिने निर्णय गरेको हो ।

laxmi

नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको नेपाल राष्ट्र बैंकले पनि परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट दिन सक्ने व्यवस्था गरे बमोजिम उक्त व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

हाल कोरोना रोकथाम तथा नियन्त्रणका लािग गरिएको निषेधात्रा तथा बन्दाबन्द्यीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकको भनाई रहेको छ ।

जसका कारण ग्राहकहरुले नियमितकर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहजहुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोरोनाबाट प्रभावित ग्राहकहरुलाई उक्त छुट प्रदान गरिएको हो ।

उक्त छुट सुविधा बैंकका देशैभरका शाखाबाट लिन सकिने र यसबाट १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हूने बैंकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL