Logo

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक, असार १ बाट लागू हुने

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक, असार १ बाट लागू हुने



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ ।  बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । 

बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम १.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ६.४० प्रतिशत कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL