Logo

कुमारी बैंकका ग्राहकलाई टेले उपचारमा १० प्रतिशत छुट, समझदारीमा हस्ताक्षर

कुमारी बैंकका ग्राहकलाई टेले उपचारमा १० प्रतिशत छुट, समझदारीमा हस्ताक्षर



काठमाडौं । कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।

यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकहरूले टेले उपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकको आधिकारिक एप ‘कुमारी स्मार्ट’ वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १०% छुट प्रदान गरिने बैंकले जनाएको छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्र्दै बैैंकका ग्राहकहरुले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा आफू विस्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL