Logo

एनआईसी एशियाको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज : स्मार्ट वाच, आईफोन–१२ तथा ५० हजार नगद जित्ने मौका

एनआईसी एशियाको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज : स्मार्ट वाच, आईफोन–१२ तथा ५० हजार नगद जित्ने मौका



काठमाडौं । एन आई सी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ २ वटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

२०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने १ जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्ट वाच र यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युट्युबमा अपलोड गर्ने २ जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ ।

अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत खाता खोल्नुपर्ने बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्न लिखित चरणहरू पार गर्नुपर्ने हुन्छ :

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
ख. एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबमिटसम्म देखिने गरी स्क्रिन सट लिने ।
ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिन सट पोष्ट गर्ने ।
घ. सहभागीले उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा ह्यास घरबाटै अनलाइन खाता तथा ह्यास एनआईसी एशिया बैंक उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने ।
ङ. यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक-एक वटा स्मार्ट वाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने १ जना भाग्यमानीलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको बैंकले जनाएको छ ।

भिडियो च्यालेन्जका लागि भने युटुबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरूले यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरू बारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाको चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ ।

सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युट्युब यस बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी ह्यास घरबाटै अनलाइन खाता तथा ह्यास एनआईसी एशिया बैंक उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL