Logo

ग्लोबल आईएमईको नयाँ शाखा सुकेधारमा, काठमाडौं भित्र मात्रै ३१ शाखा

ग्लोबल आईएमईको नयाँ शाखा सुकेधारमा, काठमाडौं भित्र मात्रै ३१ शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको सुकेधारामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबारदेखि आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सुकेधारामा खोलिएको नयाँ शाखा र सोही स्थानमा खोलिएको एटिएम सेवाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

सुकेधारा शाखासंगै काठमाण्डौँ उपत्यका भित्र ग्लोबल आइएमई बैंकको शाखा संख्या ३१ पुगेको छ भने उपत्यका भित्र एटिएम संख्या ४६ पुगेको छ । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी श्री अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको थियो ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे अध्यक्ष ढकालले जानकारी दिए ।
हाल बैंकको ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब रुपैयाँ भन्दा बढि कर्जा प्रवाह गरेको छ । देशभर ८८ वटा शाखा, १० वटा राजस्व संकलन काउण्टर, ९३ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL