Logo

रिलायबल डेभलपमेन्ट बैंकको मुनाफामा उच्च वृद्धि, ७ अर्ब १८ करोड निक्षेप संकलन

रिलायबल डेभलपमेन्ट बैंकको मुनाफामा उच्च वृद्धि, ७ अर्ब १८ करोड निक्षेप संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रिलायबल डेभलपमेन्ट बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा बैंकले ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यो अघिल्लो वर्षको तुलनामा ६ सय ५२ प्रतिशतले बढेको हो । बैंकले पहिलो त्रैमासमा ७ अर्ब १८ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले आफ्नो खराब कर्जा २ करोड ७५ लाख रुपैयाँ उठाउन सफल भएको छ । अघिल्लो वर्षको पहिलो त्रयमासमा ४ दशमलव १४ प्रतिशत रहेको निष्कृय कर्जा यस वर्षको पहिलो त्रैमासमा घटाएर १ दशमलव ५० प्रतिशतमा झारेको छ ।

चुक्ता पुंजी ७१ करोड ६८ लाख ९२ हजार ६ सय ४५ रुपैयाँ रहेको यस बैंकको प्रति शेयर आम्दानी १७ दशमलव ५९ रुपैयाँ रहेको छ । बैंकले हाल १६ ओटा शाखा मार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL