Logo

प्रभु मनि ट्रान्सफर इण्डिया र मुथुतबीच सम्झौता,फाइनान्सका शाखामार्फत पैसा पठाउन सकिने

प्रभु मनि ट्रान्सफर इण्डिया र मुथुतबीच सम्झौता,फाइनान्सका शाखामार्फत पैसा पठाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफर इण्डिया र भारतस्थित मुथुत फाइनान्स लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच प्रभु मनि ट्रान्सफर इण्डियाका प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र फाइनान्सका चिफ जनरल म्यानेजर केआर बिजीमोनले हस्ताक्षर गरे ।

यससँगै भारतभर रहेका मुथुत फाइनान्सका ७ हजार शाखामार्फत नेपालमा रकम पठाउन सकिन्छ । सो रकम प्रभु बैंकका ७ हजार एजेण्ट तथा १ सय १२ शाखा कार्यलयबाट भुक्तानी गर्न सकिन्छ । साथै प्रभुमार्फत भारतबाट पठाएको रकम सम्बन्धित व्यक्तिले उपलब्ध गराएको नेपालस्थित प्रभु बैंक वा अन्य संस्थामा रहेको खाता प्रभुले निशुल्क वितरण गरेको रुपैयाँ कार्डमा समेत जम्मा हुने बताइएको छ ।

प्रभु मनि ट्रान्सफरले भारतमा रहेका नेपालीहरुका लागि आफ्नै नागरिकता मार्फत नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

हाल भारतको द्धारका र पहाडगञ्जस्थित प्रभु मनि ट्रान्सफरको आफ्नै कार्यलय र यसको एजे०ट एकोका ३६ र जिआई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउटलेट तथा प्रभुका भारतस्थित अन्य एजेन्टबनट रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL