Logo

चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा, कस–कसले पाए सम्मान ?

चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा, कस–कसले पाए सम्मान ?



काठमाडाैँ । स्किल विक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । विशेष जमघटकोबीच उद्यमी, सरकारी कूटनीतिज्ञ, र १०० इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ समापन गरिएको हाे ।

laxmi

स्किल विक एक हप्ते कार्यक्रम थियो, जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम् सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तीनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधीदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम २१ मार्च देखि २९ मार्चसम्म सन्चालन भएको थियो । स्किललाई विकास गर्ने लक्ष्यका साथ ‘सिपले सम्मान सिपको सम्मान’, भन्ने नाराका साथ यस वर्षको स्किल विक कार्यक्रम समापन गरियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रबिधी रहेका थिए ।यसैबिच यिनै चार विधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई ‘नबिल स्किल हिरो अवार्ड २०२१’ उपाधीबाट सम्मानित गरेको थियो । स्किल विक र नाबिल स्किल हिरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी सोनम वांगचुकको उपस्थितीमा सन्चालन गरिएको थियो । उनकै जिवनमा आधारीत रहेर उनको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्षक रुपमा थ्री इडीयड्स एक बलिवुड चलचित्रमा दर्शाइएको छ ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किल हिरोको रूपमा सम्मानित गरिएको थियो किनकि उनी एक प्रभावशाली व्यक्तित्व हुन् जसले कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेले । त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पु-याएकोमा सम्मानित गरियो ।

उध्यमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मानित गरियो । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन् ।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह-संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरियो ।समापन समारोहलाई लक्षित गरेर सीईवो अनप्लग्ड २०२१ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।

यो कार्यक्रम नबिल बैंकसँगको साझेदारिमा सन्चालन भएको थियो। पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदारः भारतको दूतावास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ, पे टिभी पार्टनरका रुपमा डिश होम, पि आर पार्टनरः भि चित्र, सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा, एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्से, नेपाल आइस मनोरन्जन पार्टनरका रुपमा रहेका छन् ।

कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इंटर्नशिपहरू/लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL