Logo

मेगाको कैलाली र दाङमा शाखा रहित बैंकिङ सेवा, आर्थिक शशक्तिकरण प्रमुख उद्देश्य

मेगाको कैलाली र दाङमा शाखा रहित बैंकिङ सेवा, आर्थिक शशक्तिकरण प्रमुख उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकले दाङ र कैलालीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । नेपालमै पहिलोपटक अत्याधुनिक उपकरण (ट्यावलेट) को माध्यमबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको बैंकको दावी छ ।

शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा कैलालीको जोशीपुर र हसुलिया तथा दाङको लक्ष्मीपुर र सौंडीयारमा मेगा बैंकले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL